रास्वपा केन्द्रीय समितिबाट मुकुल ढकाल निस्कासित

काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट निस्कासित गरेकाे छ ।

पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो ।

उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएकाे कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ ।

प्रवक्ता झाका अनुसार ढकालले राजनीतिक व्यवहार नदेखाएका कारण पार्टीले कारबाही गरिएको जनाएकाे छ ।