स्पेनकाे जितसंगै युरो कप बाट बाहिरियो फ्रान्स

काठमाडौं, २६ असार । स्पेनसँग पराजित भएसंगै फ्रान्स युरो कप बाट बाहिरिएकाे छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा फ्रान्स स्पेनसँग २–१ ले पराजित भएको हो ।

यो सँगै उपाधि होडमा रहेको फ्रान्स फाइनलसम्म पुग्न असफल हुन सकेन । खेलको ९ औँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा युरो कप बाट बाहिरिनुपरेकाे हाे ।

स्पेनले २१औँ मिनेटमा पहिलो गोल फर्काएको थियो भने २५ औं मिनेटमा अर्को गोल गर्दै फाइनलमा स्थान सुरक्षित बनाउन सफल भयो ।

स्पेनले अब इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ ।