स्पेनले जित्याे युरो कपको उपाधि

काठमाडौं, ३१ असार । युरो कपको उपाधि स्पेनले जितेको छ ।
आइतबार राति भएको फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हातपारेकाे हाे ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरे । विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि कोल पाल्मरले खेलको ७३औं मिनेटमा एक गोल गरेका थिए । योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ । स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो ।
इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ । अघिल्लो संस्करणमा पनि फाइनल पुगेर इङ्ल्याण्ड इटालीसँग पराजित भएको थियो ।