न्यूरोडको फुटपाथ विस्तार भावना विपरित भएपछि विरोधमा उत्रिए स्थानीय (तस्बिरहरू)

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम फेरि अगाडि बढाएपछि त्यहाँका स्थानीयले विरोध गरेका छन्।
मेयर बालेनले सुरु गरेको न्युरोडको फुटपाथ विस्तार साँस्कृतिक सम्पदाका कारण बढाउन नहुने भन्दै स्थानीयले प्रर्दशन गरेपछि विवाद भएकाे हाे ।
फुटपाथ विस्तारको विरोधमा सयौंको संख्यामा स्थानीय उत्रिएपछि सो क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
स्थानीयको विरोधकै कारण स्थगित गरिएको फुटपाथ विस्तारको कार्यलाई उच्च अदालतले बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।
फुटपाथ विस्तारका लागि यसअघि महानगरपालिकाले भत्काएको सडकको कालोपत्रेलाई सडक डिभिजन कार्यालयले पुन: सडक पिच गरेको थियो ।
तस्बिरहरू….सन्देश मुनिकार, मैत्री न्युज