भदाै महिनाका लागि अधिकांश बैंकले घटाए व्याजदर
काठमाडौं, ३२ साउन । भदाै महिनाका लागि अधिकांश वाणिज्य बैंकहले व्याजदर घटाएका छन् ।
बैंकहरूले भदौ महिनाको लागि मुद्दती निक्षेपको व्याज घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको व्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा यो दर ६.७४ प्रतिशत थियो ।
यस आधारमा व्याजदर भदौका लागि ०.२१ बिन्दुले घटेको हो । पछिल्लो समयमा बैंकहरूबीच व्याजदर घटाउने प्रतिस्पर्धा नै चलेको छ ।
भदौका लागि १३ बैंकको व्याजदर घटेको छ भने ६ बैंकले साउनकै व्याजदरलाई निरन्तरता दिएका छन् ।
प्राइम बैंकले भने व्याजदर बढाएको छ । त्यस्तै ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले अघिल्लो महिनाकैलाई निरन्तरता दिएका छन् । अधिक तरलताका कारण व्याजदर घटाएर बैंकले निक्षेपकर्तालाई हतोत्साही गरिरहेका छन् ।
व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर कति ?