सोलुखुम्बुको थामेमा भिषण बाढी, गाउँ पुरै डुवानमा, हिम ताल फुटेको आशंका
काठमाडौं, ३२ साउन । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी भिषण आएको छ ।
बाढीले गाउँ पुरै डुवानमा परेकाे छ । गाउँपालिकाकाले हिम ताल फुटेर बाढी आएको हुनसक्ने आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रमा बसाेबास भएकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले धेरै घर जोखिममा परेको छ ।
त्यो क्षेत्रमा केही दिनयता पानी परिरहेको थियो । पानी परेपनि यसरी गाउँ नै डुबाउने गरी बाढी आउने खाले पानी नपरेकाले हिम पहिरो या ताल फुटेको अनुमान स्थानीयले गरेका छन् ।