काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या

काठमाडौं, १० भदाै । काठमाडौंको शंखमूलमा अन्दाजी चालिस वर्षीय पुरूषको हत्या भएको छ।

आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेकाे पुल हाउसमा एकजना पुरुषको हत्या भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हत्या गरिएका व्यक्तिको नाम रूपक बान्तवा रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतककाे अनुहारभरी चोट रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिनुभयाे ।