एमालेले अब माओवादी बोक्दैन, हिंसा कोटिहोम होईन, हिंसा नै हो : बस्नेत

सिन्धुपाल्चाेक, २७ भदाै । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आगामी निर्वाचनमा माओवादी पार्टीसँग सहकार्य नगरिने बताउनुभएकाे छ ।

नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले एमाले फूटाउने, कहिले यता खेल्ने, कहिले उता खेल्ने प्रचण्डको चरित्र उदाङ्गो भैसकेको बताउनुभउकाे हाे ।

बस्नेतले भन्नुभयो, अव एमालेले माओवादीलाई बोक्दैन’ । ‘समुदाय भड्काउने, ध्वंसको राजनीतिवाट माथि नउठ्ने माओवादीको अव कुनै भविष्य छैन ।’ उहाँले भन्नुभयो, ‘हिंसा हिंसा नै हो, कोटिहोम होईन, मान्छे मार्नुलाई हामीले कोटीहोम मान्ने ?’

आज सयौको संख्यामा माओवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभयो, माओवादी नेता अग्नी/सुवोधलाई जनताले नै जवाफ दिनुभयो,’ नेता बस्नेतले भन्नुभयो, –‘माओवादीले आफ्नो अस्तित्व सम्झिएको चौतारामा आफ्नो जनाधार समाप्त गरेको छ, अव माओवादीले कहीँ कतै जित्दैन । एमाले प्रवेश कार्यको यो सुरुवात मात्र हो । ’ एमाले कांग्रेसको समिकरणले माओवादीमा ब्यापक छटपटाहट भएको उहाँको भनाई छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपालले समृद्धिको यात्रा पूरा गर्न एमाले मात्र विकल्प रहेको बताउनुभयो । साथै अर्का केन्द्रीय सदस्य सुभास कर्माचार्यले राष्ट्र निर्माणका लागि एमालेमा अवद्ध हुन आह्वान गर्नुभयो ।

एमाले नेता अमानसिंङ तामाङले प्रगतीशील शक्तिलाई एमालेमा आउन आग्रह गर्दै माओवादी पार्टीमा लागेर आफ्नो, समाजको र देशको हीत नहुने बताउनुभयाे । उहाँले माओवादी नेताहरुको आफ्नै ब्यक्तिगत उन्नती वाहेक कार्यकर्ता र देशलाई कुनै हीत नगर्ने माओवादी प्रबृत्तिको चर्को आलोचना गर्नुभयो ।

नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा माओवादीलगाएत विभिन्न पार्टी परित्याग गरि ३ सय १९ जनाले एमालेमा प्रवेश गरेका थिए।

अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिनुभयो ।

तस्बिर : प्रभात श्रेष्ठ, सिन्धुपाल्चाेक चाैतारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *