धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौँ, १८ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।

तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।