सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, ताेलामा कति पुग्याे ?

काठमाडाैं, ६ कात्तिक । सुनको मूल्यले आज मंगलबारपनि नयाँ रेकर्ड कायम गरेकाे छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले आज हालसम्मकै उच्च विन्दु कायम गरेकाे हाे ।

यसअघि हिजो अर्थात सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *