टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ, ११ कात्तिक । बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित गरेकाे हाे ।
जीतसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलीरहेका छन् ।