एमाले सचिवालय बैठक भोलि बस्ने
काठमाडौँ, २३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भोलि बस्दैछ । बैठक समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बस्नलागेकाे हाे ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।