सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

काठमाडौँ, २३ कात्तिक । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हाे ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेकाे नाम अनुमोदन गरेको हो ।

सुनुवाइ समिति बैठकमा अनुमोदन अगाडि निरौला र पाण्डेले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजना तथा न्यायालय सुधारका विषयहरूमा सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए ।

निरौला र पाण्डेलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।