एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रसारण हुने
काठमाडौं, ३० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले शुक्रबार एक कार्यक्रम आयोजना गरेर स्टार स्पोर्ट्सलाई पैसा दिएर नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गराउन लागिएको बताएका हुन् ।
८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेको जनाएकाे छ ।