‘मनलाई जिते जित’ पुस्तक लोकार्पण
काठमाडौँ, ३ मङ्सिर । काठमाडौंको कमलपोखरी स्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न भएकाे छ ।
ग्रन्थकार आचार्य महाप्रज्ञको धर्म परम्पराका सन्त तथा प्रेक्षा ध्यान साधक मुनि रमेश कुमार जी, पुस्तकका प्रकाशक शेखर गोल्छालगाएतले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गर्नु भएको थियो ।
लोकार्पण समारोहलाई स्वागत मन्तव्य दिंदै ‘मनलाई जिते जित’ पुस्तकका प्रकाशक श्री शेखर गोल्छाले ‘मनलाई जिते जित’ एक आध्यात्मिक ग्रन्थ भएकाेले यस ग्रन्थका प्रवचनकार अध्यात्म दर्शनका विशिष्ट विद्वान, महान दार्शनिक, ध्यानयोगी, लेखक र विचारक तेरापन्थ धर्म संघका महान आचार्य भएकाे बताउनुभयाे ।
’मनलाई जिते जित’ पुस्तक हिन्दी भाषा लगायतमा भाषामा यो ग्रन्थको २०औँ संस्करण प्रकाशित भइसकेका छन् ।
यस ग्रन्थका नेपाली भाषाका सम्पादक समाजसेवी हुलासचन्द गोल्छा हुन् ।
उक्त पुस्तक लोकार्पण समारोहको सञ्चालन डा. नमन उपाध्यायले गर्नुभएको थियो । साथै उक्त समारोहमा जैन श्वेताम्बर तेरापन्थ सभाका अध्यक्ष शुभागमल जम्मड तथा जैन श्वेताम्बर तेरापन्थ सभाका सल्लाहकार रणजित सिंह भन्सालीले मन्नव्य व्यक्त गर्नुभएको थियो ।