डडेल्धुरामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते, चारकाे अवस्था गम्भीर

काठमाडाैं, ४ मङ्सिर । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका गइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता जाँदै गरेको लु१ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा सात जना घाइते भएकामा गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।