दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं, ५ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप गरी अनुसन्धान गर्नका लागि आज म्याद थप हुँदैछ ।

साइबर अपराधको कसुरमा हिजाे मंगलबार पक्राउ परेका प्रसाईँका केही कागजात र प्रक्रियाका कारण अदालत लैजान समय अपुग भएकाले आज म्याद थप गरिनलागेकाे हाे ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो ।

उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।