सिन्धुपाल्चोक तामाङ समाज युएईद्वारा समाजसेवी हिमालय सम्मानित

काठमाडौं, ८ मङ्सिर । सामाजिक र धर्म संस्कृतिमा सकृय रहँदै आएकाे सिन्धुपाल्चोक तामाङ समाज युएईले समाजसेवी राजेश हिमालयलाई सम्मान गरेकाे छ।

सन् २०२३देखि समाजिक कार्य र धर्म संस्कृतिमा सकृय रहँदै आएकाे यस संस्थाले समाजिक कार्यमा निकै सकृय रहेका रत्नछत्र हिमालय फाउण्डेसनका अध्यक्ष तथा समाजसेवी, लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप एफका पूर्व अध्यक्ष  राजेश हिमालयलाई एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे हाे।

युएई समाजका सल्लाहकारसमेत रहनुभएका खिलबहादुर स्याङ्बाेले स्थापनाकादेखि धर्म, कला, संस्कृतिका साथै समाजिक काम गर्दै आइरहेकाले सिन्धुका समाजसेवी हिमालयलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेकाे बताउनुभयाे । उहाँले युएईमा अप्ठेराे परेका नेपाली नागरिकलाई पनि सहयाेग गर्दै आइरहेकाे बताउनुभयाे ।

युएई समाजका महासचिव सञ्जय लामाले संस्थाले सामाजिक कार्यका साथै युएईमा पुगेर दुःख पाएका नेपाली र आर्थिक समस्यामा परेका नेपालीहरूकाे सहयाेगी बनेकाे बताउनुभयाे । संस्थाले छाेटाे समयमानै कार्यसमिति सकृय रहेर राम्राे काम गरिरहेकाे उहाँकाे भनाई छ । संस्थाले आगामी दिनमा पनि सकृय रहँदै समाजिक काममा संस्था लाग्ने बताउनुभयाे । हाल संस्थाका अध्यक्ष राजु नगरकाेटी तामाङ रहेका छन् ।

कार्यक्रममा समाजसेवी तथा गायक ओम तामाङ, समाजसेवी सुसिला श्रेष्ठ, समाजसेवी महेश स्याङबाे, समाजसेवी अमृत घलेलगाएत उपस्थित रहनुभएकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *