प्रधानमन्त्री ओलीले गर्नुभयाे एनपीएलको ट्रफी धरहराबाट अनावरण
काठमाडौं, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण गर्नुभएकाे छ ।
धरहरामा एक कार्यक्रम आयाेजना गरी प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गर्नुभएकाे हाे ।
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी रहनुभएकाे थियाे ।
एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।