प्रधानमन्त्रीले गरे चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएकाे छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएकाे हाे ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीको राजनीतिक सल्लाहका विष्णु रिमाल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *