सुनको भाउ फेरी घट्याे

काठमाडाैं, ११ मङ्सिर । सुनकाे भाउ आज पनि घटेकाे छ । आज सुन ताेलामा दुई हजार छ सय रूपैयाँ घटेकाे हाे ।

सुन हिजाे र आज गरेर दुई दिनमा प्रतितोला साढे १८ हजार रूपैयाँले घटेकाे हाे । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार छ सय गरी दुई दिनमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

सरकारले सुनमा लाग्ने कर घटाएसँगै र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेकाले सुनको मूल्यमा गिरावट आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *