नियमन आयोगकाे निर्देशनमा उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं, १२ मंसिर । विद्युत् नियमन आयोगले लाइन नकाटी बिजुलीकाे बक्यौता असुली गर्न निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।
आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएकाेले बोर्डले यस्तो निर्णय गरेको हो ।
लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटिर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो । भने, प्राधिरणले बक्यौता नतिरे पुनः उद्योगको लाइन काट्ने बताउदै आएको थियो ।
आज बसेको सञ्चालक समितिको बैठकले नियमन आयोगको निर्देशन अनुसार नै उद्योगको लाइन तत्काल नै नकाट्ने निर्णय गरेको हो ।