उपनिर्वाचन
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान सबै ठाउँमा शान्तिपूर्ण
काठमाडौं, १६ मंसिर । स्थानीय तहकाे उपनिर्वाचनमा मतदान शान्तिपूर्णरूपमा भइरहेकाे निर्वाचन आयोगले जनाएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।
स्थानीय तहमा रिक्त रहेका नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ।