एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट ३ जना पक्राउ

काठमाडौं, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट थप तीन जना पक्राउ परेका छन् ।

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कीर्तीपुरकाे खेल मैदानबाट आज तीन जनालाई नियन्त्रणमा लिएको हो ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।