ज्यापु दिवसको पूर्वसन्ध्यामा सुकुन्दा र्याली, उपमेयर सुनिताले गरे उद्घाटन(तस्बिरहरू)

काठमाडौं, २३ मङ्सिर । २१ औं ज्यापु दिवसको अवसरमा ल्याम: धिमे पुच: र वटु नाथेश्वर मिसा पुच:को आयोजनामा सुकुन्दा र्याली आयोजना गरिएको छ ।

११ औं ज्यापु दिवस समारोह ११४५को उपलक्षमा आयोजित उक्त सुकुन्दा र्यालीको काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको हो ।

११ औं ज्यापु दिवस समारोहकाे प्रचार प्रसारका लागि गरिएकाे सुकुन्दा र्याली काठमाडाैंकाे वटुबाट सुरूभएर भोँसिको, टेबहाल, टक्सार, खिचापोखरी, सिद्धिचरण चाेक, ओमबहाल, लगन, ब्रम्हटाेल, ह्युँमत, जैसीदेवल, काेहिटी, भिमशेनस्थान, मरूगणेश, नरदेवि, न्याेँखा, असन, इन्द्रचाेक हुँदै वटुमा समापन भएकाे ल्याम: धिमे पुच:का अध्यक्ष नविनमान डंगाेलले बताउनुभयाे ।

हरेक वर्ष य मरी पूर्णिमाका दिन ज्यापु दिवस मनाउने गरिन्छ । काठमाडौंका ६४ वटा परम्परागत ज्यापु टोलहरूले पालैपालो ज्यापु दिवस आयोजना गर्ने चलन रहेको छ ।

यो वर्ष मङ्सिर ३० गते पुर्णिमाका दिन य मरी पुन्ही अर्थात ज्यापु दिवस मनाइँदैछ । उक्त दिन बसन्तपुरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिनेछ ।