सेयर बजार दाेस्राे दिन पनि उकालाे लाग्याे

काठमाडौं, ९ पुस । सेयर बजारमा आज मंगलबारपनि उकालाे लागेकाे छ । साेमबार उकालाे लागेकाे शेयर बजार यसदिन पनि उकालाे लागेकाे हाे ।

आज नेप्से परिसूचक १४ दशमलव ११ अङ्कले बढेर २६२६ दशमलव ३१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१२ कम्पनीका ६४ हजार ९१७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बाँकीमा हरियाली छाउँदा निर्माण कम्पनीमा भारी गिरावट आएको छ ।