एमालेकाे केन्द्रीय कमिटीकाे दाेस्राे दिनकाे बैठक सुरू (तस्बिरहरू)

काठमाडौँ, २२ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटीकाे बैठक आज दाेस्राे दिन पनि जारी रहेकाे छ छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे दाेस्राे दिनकाे बैठक सुरू भएकाे हाे ।

आजकाे बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

“हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,” उहाँले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।”

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।