महिला टी-२०आई शृंखला
नेपाल १० विकेटले नेदरल्याण्ड्ससँग पराजित
काठमाडाैं, २३ माघ । महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपाल १० विकेटले पराजित भएको छ ।
काठमाडौंमा जारी नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको हाे ।
नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्यो ।
नेदरल्याण्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो ।