कमलपोखरीकाे शान्दार म:म पसलको ग्यास विस्फोटमा घाइते दुई जनाको मृत्यु

काठमाडौं, २९ माघ । राजधानीको कमलपोखरीस्थित शान्दार म:म पसलमा भएको ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रविन राई र भीमबहादुर घलेको सोमबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिनुभयाे।

गत बिहीबार भएको विस्फोटमा ११ जना गम्भीर घाइते भएका थिए । घाइतेहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।