सुनको मूल्य आकासियो, तोलाको १ लाख ७० हजार नाघ्यो

काठमाडौं, २९ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार नाघेको हाे । आज छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ। हिजो (माघ २८ गते) सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो।

यसअघि, २०७६ साल कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो भने अहिले १० प्रतिशत मात्र छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेड वार’ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *