प्रिमियर लिग उपाधितर्फ अग्रसर लिभरपुल

म्यान्चेस्टर (इङ्गल्यान्ड), फागुन १५ गते । इङ्गलिस प्रिमियर लिगमा यसपालि लिभरपुलको उपाधि पक्का छ, भन्दा फरक नपर्ला । लिभरपुलले न्युक्यासललाई २–० ले हराएर शीर्ष स्थानमा आफ्नो दुरी १३ अङ्कले फराकिलो पार्यो । यस सत्रमा २८ लिग खेलमा लिभरपुलको यो २० औँ जित हो । लिभरपुल २० औँ पटक प्रिमियर लिग उपाधि जित्ने दाउमा छ । यसपालि उपाधि जितेमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडका नाममा रहेको सर्वाधिक प्रिमियर लिग च्याम्पियन कीर्तिमानको बराबरी गर्नेछ ।
लिभरपुलले न्युक्यासलविरुद्ध स्टार स्ट्राइकर अलेक्ज्यान्दर इसाकविना खेलेको थियो । तर पनि लिभरपुलले खेल कठिन भएन । खेलको ११ औँ मिनेटमा सोबोस्लाईले डिबक्सभित्रबाटै बल गोलपोस्टमा छराएर लिभरपुललाई अगाडि पार्नुभयो । त्यसपछि न्युक्यासलले बराबरी गोलको खोजीमा दबाब बनाइरहेको बेला म्याक एलिस्टरले गोल गरेर लिभरपुललाई समस्यामा पर्न दिएनन् । मोहम्मद सलाहको पासमा एलिस्टरले गोल गरेका हुन् ।
यी दुई टिमबिच अर्को महिना वेम्बलेमा इङ्गलिस लिग कपको फाइनलमा फेरि भिडन्त हुँदैछ । ७० वर्षदेखि प्रमुख घरेलु उपाधिको पखाईमा रहेको न्युक्यासलका लागि सो फाइनल निकै महत्वपूर्ण छ । यसैगरी लिभरपुल पनि यस सत्रमा तीन प्रमुख उपाधि जित्ने अभियानअन्तर्गत इङ्गलिस लिग कप जित्न चाहन्छ ।
-एपी