सुनचाँदीको भाउ बढ्याे, आजको मूल्य यस्तो छ
काठमाडौँ, २० फागुन । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हाे भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ।
हिजो तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदी आज तोलामा १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।