च्याम्पियन्स लिगमा आर्सनलको फराकिलो जित

आइन्डहोभन, फागुन २१ गते । च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलमा पहिलो लेगमा प्रिमियर लिग क्लब आर्सनलले फराकिलो जित हात पारेको छ । आर्सनलले बुधबार नेदरल्यान्ड्सको पिएसभी आइन्डहोभलाई ७–१ ले हराएर क्वाटरफाइनलतर्फ ठूलो कदम चाल्यो । च्याम्पियन्स लिग नकआउट चरणको अवे खेलमा सबभन्दा ठूलो जितको कीर्तिमान पनि बनेकोछ ।
आर्सनलका कप्तान मार्टिन ओडगार्डले दुई गोल गरे । १७ वर्षीय इथन न्वानेरी पनि एक गोल गरे अन्य गोल अन्य गोल युरियन टिम्बर, मिकेल मारिनो, लियान्ड्रो ट्रोसार्ड र रिचर्ड कालाफियोरीको भागमा पर्यो । पिएसभीका लागि सान्त्वना गाल नोआ लाङले गरे । उनले पेनाल्टीमा गोल गरेका हुन् ।