अमेरिकाले आधिकारिक कागजपत्र नभएका नेपालीलाई चार्टर्ड विमानबाट पठायाे नेपाल

काठमाडौं, २१ फागुन । अमेरिकाले आधिकारिक कागजात नभएका नेपाली नागरिकहरूलाई नेपाल फर्काएको छ। उनीहरूलाई एक चार्टर्ड विमानमार्फत आज बिहान काठमाडौं ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, नेपाली नागरिकहरूलाई लिएर आएको अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको गल्फजेटस्ट्रिम विमान बिहान १०:१५ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो। उक्त विमानमा चालक दलका सदस्यहरू सहित १४ जना सवार थिए।

विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र बीचमा प्राविधिक कारणले अवतरण गरेपछि सिधै काठमाडौं आएको हो। विमानस्थलका प्रवक्ता शेर्पाले बताए अनुसार विमान अवतरण गरिपछि अध्यागमन विभागले आवश्यक प्रक्रिया गरेकाे छ ।

विमान भोलि बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किने तालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *