पिएसजीमा लिभरपुलको जित
लन्डन, २२ फागुन । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)लाई उसकै मैदानमा १–० ले स्तब्ध पारेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको एक मिनेटभन्दा कम समयमा हार्भी इलियोटले निर्णायक गोल गरे ।
प्रिमियर लिगमा शीर्ष स्थनमा रहेको लिभरपुलले घरेलु टिमबाट खेलभरि लगातार आक्रमण वेहोरेको थियो । खेलको ८६औँ मिनेटमा मोहम्मद सलाहको स्थानमा इलियोट मैदानमा प्रवेश गरे । उनले आफ्नो पहिलो टचमै गोल गरेर लिभरपुललाई जित पनि दिलाए । पिएसजीले २३ खेलपछि हार वेहोरेको हो । एजेन्सी