ललितपुरलाई बागमती प्रदेश क्रिकेटको उपाधि
काठमाडौँ, २२ फागुन । सुर्य तामाङको अलराउन्ड प्रदर्शनसको सहयोगमा ललितपुर बिहिबार मकवानपुरलाई ६५ रनले हराएर बागमती प्रदेश पुरुष पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर पहले ब्याटिङ गरेको ललितपुर ४९.३ ओभरमा १९२ रनमा अलआउट भएको थियो । तर मकवानपुर जवाफमा ३९.५ ओभरमा १२७ रनमा सीमित भयो ।
आदिल खानले ६४ बलमा बनाएको ५५ रनको अर्धशतकीय पालिले ललितपुरको जितमा ठूलो भूमिका खेल्यो । अलरान्डर सुर्यले ३६ र प्रारम्भिक ब्याट्सम्यान आसुतोष घिराइयाले २८ रन बनाए । मकवानपुरका लागि साकार गजुरेलले २२ रनमा सर्वाधिक चार विकेट लिए ।
मकवानपुरको पालिमा नन्दन यादवले १६ रनमा सबभन्दा बढी चार विकेट लिए । स्पीनर सुर्यले २९ रनमा तीन विकेट हासिल गरे । ब्याट र बलबाट शानदार प्रदर्शन गरेपछि सुर्य म्यान अफ दि म्याच पनि घोषत भए । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ रन बनाए ।
ललितपुरका अलराउन्डर नन्दन प्रतियोगताकै सर्वश्रेष्ठ खेलाडी बने । भक्तपुरका सौरभ सखालर्मी सर्वश्रेयष्ठ ब्याट्सम्यान र सुर्य सर्बश्रेष्ठ बलर चुनिए ।