म्यान्चेस्टर युनाइटेड र रियल सोसिड्याड बराबरीमा

म्याड्रिड, फागुन २३ गते । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले स्पेनको रियल सोसिड्याडसँग १–१ ले बराबरीमा खेलेको छ । खेलको ५८ आ्रँ मिनेटमा जोसुआ जर्कजीको गोलको सहयोगमा म्यान्चेस्टर युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टिमले १२ मिनेटपछि खेल बराबर गर्यो । म्यान्चेस्टर युनाइटेडका कप्तान बु्रनो फर्नान्डेजले आप्mनै डिबक्समा ह्यान्ड गरेपछि रियल सोसिड्याडले पेनाल्टी पाएको थियो । सोसिड्याडका मिकेल ओराजाबालले सोही अवसरको सदुपयोग गरे ।

एफए कपबाट बाहिरिसकेको र प्रिमियर लिगमा पनि सङघषरत् म्यान्चेस्टर युनाइटेडको यस सत्रमा ट्रफीको आशा अब युरोपा लिगको मात्र छ । यस अभियानलाई जिवित राख्न म्यान्चेस्टर युनाइटेडले आगामी बिहिबार ओल्ड ट्राफर्डमा हुने दोस्रो लेगमा जित हासिल गर्न आवश्यक छ । एजेन्सी