नेदरल्यान्ड्सको अल्कमारसँग टोटेनहामको हार
लन्डन, २३ फागुन । युरोपा लिग प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहामलाई नेदरल्यान्ड्सको एजेड अल्कमारले १–० ले हराएको छ ।
प्रिमियर लिगमा पनि सङघर्षरत् बनेको टोटेनहाम खेलको सुरुआतमै पछाडि परेको थियो । खेलको १८ औँ मिनेटमा अल्कमारलाई प्राप्त पहिलो कर्नरमै टोटेनहामका लुकास बर्गभालले आत्मघाती गोल गरे । ट्रोय पारोटको प्रयासलाई जोगाउने क्रममा लुकासले आप्mनै गोलपोस्टमा बल छिराए । गत अक्टोबरमा टोटनहामले समूह चरणमा अल्कमारलाई १–० ले हराएको थियो । त्यसैले अल्कमारका लागि यो जित बदला पनि भएको छ । यद्यपि टोटनहामसँग पनि दोस्रो लेगमा आफू अनूकुल नतिजा निकालेर क्वाटरफाइनलमा प्रवेश गरी अल्कमारलाई निराश बनाउने अवसर छ । एजेन्सी