पिएम कपमा एपीएफ, कर्णाली र लुम्बिनीको विजयी सुरुआत

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार एपीएफले बागमती प्रदेशलाई एक सय रनले हराएर विजयी सुरुआत गरेको छ ।

रुपेन्देहीको एस्ट्राटेक ओभलमा भएको उद्घाटन खेलमा पहिले ब्याटिङ गरेको एपीएफ ४४ ओभरमा १७४ रनमा सीमित भएको थियो । तर तेज बलर कमलसिंह ऐरीले चार विकेट लिएपछि एपीएफले बागमतीलाई २८.२ ओभरमा ७४ रनमै सीमित पार्यो । बागमतीका लाग शुभ कंसाकारले बनाएको सर्वाधिक रन पनि १६ मात्र थियो । एपीएफका लागि विकेट लिने अन्य बलरमा कप्तान रोहित पौडेल र अलारउन्डर अमरसिंह रौतेला (दुई–दुई) तथा अविनाश बोहरा (एक विकेट) थिए ।

यसअिघ एपीएफका लागि सन्दीप जोराले ६२ बलमा दुई चौकासहित सर्वाधिक ३७ रन बनाएका थिए । बागमतीका बायाँ हाते तेज बलर रिजन ढकालले आठ ओभरमा ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिए । तर उनको शानदार प्रदर्शन आज काम लागेन । बागमतीका लागि नन्दन यादवले तीन तथा स्पीनर सुर्य तामाङले दुई विकेट लिएर राम्रो बलिङ गरेका थिए । कमलसिंह म्यान अफ दि म्याच बने ।

पहिलो दिन भएका अन्य खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरे । कर्णालीले आइतबार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हरायो । दाङको लमहीमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको थियो । सुदूरपश्चिम लक्ष्य पछ्याउने क्रममा २१ ओभरमा ७६ रनमै अलआउट भयो । यसगरी लुम्बिनीले सिद्धार्थनगरस्थ्तिि सिद्धार्थ क्रिकेट रङगशालामा कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्यािटङ गरेको लुमिबनीले ४८ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । अजय चौहानले पाँच विकेट लिएपछि कोशी जवाफमा ४२.४ ओभरमा १८२ रनमा सीमित भयो ।