मधेशविरुद्ध एपीएफ दुई विकेटले विजयी
काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले बिहिबार मधेश प्रदेशलाई दुई विकेटले हराएको छ । एपीएफको यो लगातार दोस्रो जित हो भने मधेश पहिलो पटक पराजित भएको हो ।
दाङको देउखुरी क्रिकेट मैदानमा टस ्जितेर ब्याटिङ रोजेको मधेश ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको थियो । एपीएफले ३६.५ ओभरमा आठ विकेटको क्षतिमा १७० रन बनाएर जित प्राप्त गर्यो । मधेशको पालिमा पवन सराफले ७७ बलमा आठ चौका र पाँच छक्कासहित सर्वाधिक ७७ रन बनाए । एपिएफका लागि कमलसिंह ऐरीले चार, भुवन कार्की र रोहितकुमार पौडेलले समान दुई विकेट लिए ।
एपीएफका लागि सुमत महर्जनले सर्वाधिक ३५ रन बनाउनुभयो । मधेशका कमल गुप्ताले लोकश बमलाई १८ रन), आसिफ शेखलाई ३४ रन, दिपक बोहरालाई शुन्य र कप्तान रोहित पौडेल ११ रन मा आउट गरेपछि एपीएफ लक्ष्यसम्म पुग्नेमा शंका भएको थियो ।
कमलसिंह ऐरीले अविजित २८ र अमरसिंह रौटेलाले १६ रन बनाएपछि एपीएफ निराश भने हुनु परेन । ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्ने कमल म्यान अफ दि म्याच बने ।