सत्तरी वर्षपछि न्युक्यासललाई उपाधि

लन्डन, ४ चैत । न्युक्यासलले आइतबार रात लिभरपुललाई २–१ ले हराएर इङगलिस लिग कपको उपाधि जितेको हो । न्युक्यासलको ७० वर्षपछि प्रमुख प्रतियोगिता जितेको हो । न्युक्यासलले पछिल्लो पटडक सन् १९५५ मा एफए कप जितेको थियो ।
पूर्वार्ध सकिन लाग्दा डान बर्नको सशक्त हेड गोलले न्युक्यासलले अगाडि भएको थियो । खेलको ५२ औँ मिनेटमा इसाकले न्युक्यासलको अग्रता दोब्बर बनाए । इनजुरी समयमा लिभरपुलका स्थानापन्न खेलाडी फेडरेको चिसाले गोल गरेपनि न्युक्यासललाई उपाधिबाट वञ्चित पार्न सकेनन् । एजेन्सी