सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, कतिमा भयाे काराेबार ?

काठमाडौँ, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणकाे चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो ।