सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत, अब समितिमा छलफल हुने

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख देवराज घिमिरेले विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे। अब यो विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ।