काठमाडौं रेजर्सले सेतो अथवा रातो जर्सीमा खेल्ने

काठमाडौँ, १२ चैत । काठमाडौं रेजर्सले मङगलबार तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि आप्mनो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । काठमडौँ रेजर्स पहिलो संस्करणको विजेता हो ।

काठमाडौं रेजर्सका मालिकहरु राहुल अग्रवाल, क्याबिनेट श्रेष्ठ तथा क्लबका निर्देशक विज्ञानराज शर्मा, प्रमुख प्रशिक्षक प्याट्रिक डे विल्ड, पूर्व मिस नेपाल जेनिशा मोक्तान, कलाकार तथा मोडल कविता नेपालीले संयुक्त रुपमा जर्सी सार्वजनिक गर्नुभयो । रेजर्सले सेतो र रातो गरी दुई रङको जर्सी सार्वजनिक गरेको हो ।

एनएसएलको तेस्रो संस्करण यही चैत १६ गतेसुरु हुँदैछ । काठमाडौँ रेजर्सले उद्घाटन खेलमा गत विजेता ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *