आज एनपीएलमा शीर्ष स्थानको लुम्बिनी र काठमाडौँ भिड्दै
काठमाडौँ, २१ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा काठमाडौँ गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ भने काठमाडौँ ४ अंकका साथ चौथो स्थानमा रहेको छ।
लुम्बिनी जारी प्रतियोगितामा अपराजित छ। चार खेलमध्ये तीनमा जित हात पारेको लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएको थियो। यता, काठमाडौँले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ।
