ब्राजिललाई हराएपछि च्याम्पियन अर्जेन्टिना विश्वकपमा चयन

ब्युनस आयर्स १३ चैत । विश्वकप विजेता अर्जेन्टिना बुधबार ब्राजिललाई ४–१ ले हराएर विश्वकप फुटबल २०२६ मा चयन भएको छ । अर्जेन्टिनाले लियोनेल मेसीविना नै परम्परागत प्रतिद्वन्द्वी ब्राजिललाई सजिलै हराएको हो ।

८५ हजार दर्शकको उपस्थिति रहेको मोनुमेन्टल डि नुनेज रङगशालामा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, इनजो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र गिउलियानी सिमोनीले गोल गरे । ब्राजिलका म्याथ्यु चुन्हाले खेललाई २–१ म ल्याएका थिए । तर उनको गोल सान्त्वना मात्र बन्यो ।

सोही दिन अर्को खेलमा बोलिभिया र उरुग्वेले बराबरीमा खेलेपछि अर्जेन्टिना विश्वकपमा चयन भएको हो । दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना विश्वकपमा पुग्ने पहलिो टिम बनेको छ । ब्राजिल चैथो स्थानमा रहेको छ ।

अर्जेन्टिनाको चयनसँगै आगामी विश्वकपमा स्थान बनाउने राष्ट्रको सङख्या सात पुगेको छ । आयोजक राष्ट्रको हैसियतमा अमेरिका, क्यानाडा र मेक्सिकोले स्वतः विश्वकप खेल्नेछन् । यसैगरी एसियाबाट जापान र इरान, ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड र दक्षिण अमेरिकाबाट अर्जेन्टिना विश्वकपका लागि चयन भएका छन् । एपी