विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

काठमाडौँ, १७ चैत । विश्व बैंकले नेपालको पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको हो। यो रकम नेपालको रणनीतिक सडक सञ्जालमा रहेका पुलहरूको मर्मत र सुधारका लागि प्रदान गरिनेछ।

वासिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले आज यो जानकारी दिएको हो। नेपालको पुल प्रणालीले दुर्गम र शहरी क्षेत्रका मानिसहरूलाई जीवनयापन, स्वास्थ्य, शिक्षा, आर्थिक अवसर र अन्य आधारभूत सेवाहरूमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपले पुलहरूमा क्षति पुर्‍याउने भएकाले तिनीहरूको सुधारका लागि यो सहयोग प्रदान गरिएको विश्व बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *