नेपालमा पहिलो पटक कुकिवन कप तेक्वान्दो च्याम्पियन्सीप
काठमाडौं, १९ चैत । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा कुकिवन कप तेक्वान्दो च्याम्पियन्सीप २०२५ को आयोजना हुने भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आगामी वैशाख ४ देखि ६ गतेसम्म हुने कुकिवोन कप विश्वमै प्रतिष्ठित प्रतियोगिता हो । यद्यप नेपालमा यो प्रतियोगिता पहिलो पटक हुन लागेको हो । विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नियमअनुसार प्रतियोगिता खेलाइनेछ ।
दुई दिने कुकिवन कपमा कूल ९८ स्वर्ण पदकका लाग प्रतिस्पर्धा हुनेछ । प्रतियोगताका लागि ३० जना निर्णायक, दुई जना प्राविधिक र २० जना स्वयमसेवक परिचालन गरिनेछ । प्रतियोगिताको सफल आयोजना गर्न आयोजकले नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहानुर चन्दको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।