गत उपविजेता धनगढी एफसीको विजयी सुरुआत
काठमाडौँ, १९ चैत । नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गरेको छ । गत संस्करणमा फाइनल खेलेको धनगढीको यो पहिलो खेल हो । बुटवल लुम्बिनीको भने यो दोस्रो खेल हो । बुटवल लुम्बिनीले पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा खेलेको थियो ।
दशरथ रङगशालामा खेलको छैटौँ मिनेटमै धनगढी एफसीले अग्रता बनाएको थियो । अल जाउएनीले लामो पासमा डिबक्सभित्र रहेका लेबनानी स्ट्राइकर अहमद हिजाजीले पहिलो गोल गरे । खेलको २७ औँ मिनेटमा हिजाजीले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । हिजाजीले इन्जुरी समयमा व्यक्तिगत दोस्रो र धनगढी एफसीको तेस्रो गोल गरेका थिए । यसबिच खेलको ३२ औँ मिनेटमा बुटवल लुम्बिनीका लागि जापानी स्ट्राइकर केन्टाहाराले डिबक्स नजिकबाट बल ‘ट्यापइन’ गरी खेल बराबर गरेका थिए । खेलको ७३ औँ मिनेटमा मनिष सेढाईँले गरेको प्रहार गोलपोस्टमा लागेर फर्किँदा बुटवल लुम्बिनी दोस्रो गोलबाट वञ्चित भएको थियो ।
खेलको ७५ ओँ मिनेटमा मार्की खेलाडी कृतिशले तीन खेलाडीलाई छलाएर गोल गरी धनगढीले पुनः अगाडी पारे । त्यसपछि इन्जुरी समयमा हिजाजी र ब्राजिलका सर्जियो बारबोजुले गोल गरी धनगढीले ४–१ ले जित दिलाए । ले सशक्त प्रहारमार्फत गालपोस्टमा छिराएर धनगढीलाई फराकिलो अन्तरले जित दिलाउनुभयो । बुधबार गत विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबिच खेल हुनेछ ।