लिभरपुल उपाधितर्फ अग्रसर
लन्डन । लिभरपुल २० औँ पटक इङगलिस प्रिमियर लिग जित्ने अभियानमा अग्रसर भएको छ । प्रिमियर लिगमा बुधबार राति लिभरपुलले आप्mनै शहरको इभर्टनलाई १–० ले पराजित गर्यो । जुन जितपछि लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनललाई १२ अङ्कले पछाड पारेको छ ।
पोर्चुगलका डिएगो जोटाले खेलको ५७ औँ मिनेटमा गरेको गोलले नै निर्णायक बनेको हो । म्यान्चेस्टर सिटीले पनि लेस्टरलाई २–० ले पराजित गरेको छ । सिटीका लागि ज्याक ग्रिलिस र ओमार मोउरमाउसले गोल गर्नुभयो । सिटी चौथो स्थानमा रहेको छ । प्रिमियर लिगमा आठ चरण मात्र बाँकी छ ।